आँबुखैरेनी
आँबुखैरेनी गाँउपालिकाले पृथ्वी राजमार्गको दायाबाया विरुवा रोप्ने कामको सुरुवात गरेको छ ।
आँबुखैरेनी गाँउ पालिकाले शनिबारबाट सडक वरिपरि सौन्दर्य करण ,हरियाली र वातवरा मैत्री सडक निर्माण गर्ने लक्ष्य बमोजिम आँबुखैरेनी गाउँपालिका वडा नं.–२ ढापाटारबाट फुलका विरुवाहरु रोप्न सुरु गरेको गाँउपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
पहिलो चरणमा ३ सय वटा फुलको वोट विरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको गाँउपालिकाले जनाएको छ ।