damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

आँबुुखैरेनी कार्यपालिकाको बैठक भत्ता शिक्षक शिक्षिकाको तलबमा खर्च

तनहुँ ३० फागुन
जिल्लाको पुर्वी नाका पर्ने आँबुखैरेनी गाउँपालिकाले कार्यपालिका बैठक भत्ता शिक्षक शिक्षिकाको तलबमा खर्च गर्ने गरिएको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले बाह्र जना स्वयसेविका शिक्षक शिक्षिकलाई मासिक रु।बीस हजारका दरले तलब प्रदान गरेको हो ।
त्यसैगरी कार्यपालिका सदस्यहरुको भत्ताबाट एक शिक्षकलाई मासिक रु।बीस प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जानकारी दिए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न गाउँपालिका कार्यालयले शैक्षिक क्षेत्रमा प्राथामिकता दिएर काम गदै आएको छ । गाउँपालिकाले आगामी बैशाखदेखि कम्तीमा दुई वटा स्कूल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा संचालन गर्न लागेको छ ।
गाउँपालिका कार्यालयले जेष्ठ नागरिक, सुत्केरी महिला,अपाङ्गता, असहाय, गरीबका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उनले बताए । काठमाण्डौं,चितवन,पोखरा लगायतका शहरमा निशुल्क एम्बुलेन्स उपलव्ध गराइएको उनले जानकारी दिए ।
गाउँपालिका भित्र करको दायरमा आएका व्यवसायीलाई २० प्रतिशत एम्बुलेन्स सेवामा छुटको व्यवस्था गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाले एम्बुलेन्स खरीद गरी नाफामुखी भन्दा पनि सेवामूलक भावनाले काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । एम्बुलेन्सलाई आवश्यक पर्ने तेल र चालकको तलबको लागि तलब खुवाउन सहयोग पुगेको बताइएको छ ।
नागरिक सेवा कक्ष
त्यसैगरी गाउँपालिका कार्यालयले कार्यालयको पहिलो तलामा नागरिक सेवा कक्ष संचालनमा ल्याएको छ । सेवाग्राहीले सेवा लिन कोठा कोठा चार्हनुपर्ने समस्या रहेकोले एकै स्थानबाट सेवा दिन नागरिक सेवा कक्ष शुरुवात गरेको हो । निवेदन,फोटोकपी,नक्सापास लगायतका सेवामा गाउँपालिकाले निःशुल्क व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala