images
images
images

आँबुखैरेनी आलु मेला ,सुपथ मूल्यमा आलु बिक्री गरिने

images

तनहुँ २५ फागुन
जिल्लाको पुर्वी नाकामा पर्ने आँबुखैरेनी गाउँपालिकाले ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आयोजना गरेको छ । आँबुखैरेनी गाउँपालिका–३ हाटबजार स्थित अमिलीबोटेमा आयोजित उक्त मेला फागुन २६ र २७ गते दुई दिन मेलाको आयोजना गरेको हो । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री बितरण गरिने हाटबजार व्यवस्थापक समितिका संयोजक सन्तोष केसीले जानकारी दिए ।
गाउँपालिकाले केही दिनअघि संचालनमा ल्याएको हाटबजारमा छिम्केश्वरीको मह र खस्राराङ्गबेसीको एभोकाडोका बिरुवा अत्याधिक मात्रामा बिक्री भएको उनले बताए ।
शुक्रबारका दिन हाटबजार संचालनमा ल्याइएको छ । उनले भने, स्थानीयस्तरमा उत्पादित कृषि,पशु,बाँसजन्य लगायतका बस्तु हाटबजारमा राखेर बिक्री गर्न पाउँदा कृषकहरु खुशी भएका छन् ।
आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा पर्ने सत्रसय र बरादीलाई तरकारी पकेट क्षेत्रको रुपमा लिइएको छ । उक्त दुई वडामा उत्पादन गरिएका आलु ग्रेडिङ्ग र सालाखाला गरी बिक्री गरिनेछ ।
साथै आलुबाट बनेका परिकार आलु पकौडा,आलु चप,चटपट लगायतका विभिन्न परिकार राखिनेछ । उक्त मेलामा उपस्थित घैटों फुटाई खेल प्रर्दशन हुनेछ ।
कृषकलाई निशुल्क रुपमा स्टल राख्न व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका मातहत रहेका छ वटै वडा, टोल विकास संस्था,आमा समुह,सहकारी संस्था, शिक्षक, कलाकार,क्लब,नागरिक समाज लगायतका विभिन्न संघसंस्थालाई पत्रचार गरिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS