damuli hospatail

२४ मंसिर २०८०, आईतवार

दमौलीमा किसानहरुको विरोध प्रर्दशन ।

दमौली
संयुक्त कृषक संघर्ष समितिले आइतबार सदरमुकाम दमौलीमा बृहत किसानहरुले ¥याली निकालेको छ । कृषकको समस्या समाधानका लागि राज्यले बेवास्ता गरेको भन्दै दबाब स्वरुप र्याली निकालेको हो ।
राज्यले कृषका समस्या समाधान नगरे चरणबद्ध रुपमा आन्दोलन गरिने संघर्ष समितिका संयोजक मित्र दुराले जानकारी दिए । समितिले १८ बुद्धे माग सहित जिल्ला प्रशासन कार्यालय तनहुँ मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले स्थानीय सरकार व्यास नगरपालिका,गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय र संघीय सरकार प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । मागप्रसित वेवास्ता गरिए शसक्त रुपमा आन्दोलन अघि बढ्ने उनले बताए । अब आन्दोलन रोकिदैन् उनले भने,कृषकका माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिन्छौ ।
कृषकहरु बैकबाट लोन लिएर बाख्रापालन, कुखुरापालन, माछापालन,बंगुरपालन लगायतका व्यवसाय गर्दै आएका थिए । तर पछिल्लो समय देखिएको कोभिड १९ लगायतका कारणले आर्थिक अवस्था कमजोर बन्दै गएको छ जसका कारण कृषकहरु चर्को मारमा परेका छन् । कृषकहरुले आफुले उत्पादन गरेका अण्डाले भाउ नपाएको तर कुखुरालाई खुवाउने दानामा मुल्य वृद्धि अचाक्ली भएकाले समस्यामा परेको गुनासो गरेका थिए । त्यस्तै दुध कृषकको पनि गुनासो उस्तै छ ।
समितिका संयोजक मित्र दुराले पछिल्लो समय कृषकहरु मर्कामा परेकाले बैंक तथा वित्तिय संस्थाले सहयोग गर्नुपर्नेमा व्यवसायीसँग झन व्याज बढाएर समस्यामा पारेको बताए । उनले कृषकको मागलाई सम्वोधन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने बताए । अन्यत्रका कृषकले तरकारीजन्य वस्तु, अण्डा, कुखुरा सडकमा फाले पनि आफुहरुले भने त्यसो नगरीकन शान्तिपुर्ण आन्दोलन गर्ने बताए । कृषि व्यवसायी राजु खड्काले अण्डा उत्पादन भएपनि बजाउ भाउ नपाउँदा समस्या भएको बताए । अण्डा उत्पादन भएको छ तर बजार मुल्य छैन । दानाको मुल्य आकासिएकाले अण्डा उत्पादन भएर बिक्रि गरेको पैसाले पनि दाना किन्न सक्ने अवस्था नभएकाले समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala