images
images
images

पदक विजेता विद्यार्थीलाई आँबुखैरेनी गाँउपालिकाको सम्मान

images

आँबुखैरेनी
जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई आबुखैरेनी गाउँपालिकाले नगद सहित सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समिति तनहुँले फागुन १२ र १३ गते आयोजना गरेको राष्ट्रपति रनिङशिल्डमा पदक जिताउन सफल गाउँपालिकाभित्रका विद्यार्थीलाई नगद पाँच हजार सहित सम्मान गरिएको छ ।
गाउँपालिकाको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष शुक्र चुमानले रामशाह माविका सन्दीप खड्का र रामशाह माविकै प्रतिक्षा थापा र फ्युचर बोर्डिङ स्कूलका निलम अधिकारीलाई नगद सहित सम्मान पत्र प्रदान गरेरेर सम्मान गरेका थिए । विद्यार्थीलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि पालिकाका तर्फबाट सम्मान गरिएको चुमानले बताए। ‘शिक्षाका साथै हरेक विद्यार्थीमा खेलकुदको आवश्यकता छ, खेलकुदमा आकर्षित गराउन पालिकाले नगद सहित प्रोत्साहन गरेको हो’ चुमानले भने ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS