
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी बजारमा पनि हाट बजार संचालनमा आएको छ । हरेक हप्ताको शुक्रबार लाग्ने गरि शुक्रबारदेखि आँबुखैरेनी बजारको अमिलिबोटमा हाट बजार संचालनमा आएको हो । हाट बजारको एक कार्यक्रमका बिच राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले समुद्घाटन गरेका छन् ।
गाउँपालिका भित्रका किसानहरुले उत्पादन गरेको सामाग्री किसानबाट सिधैं उपभोक्ताले खरिद गर्न सकुन भन्ने उद्देश्यले गाउँपालिकाको संयोजनमा हाट बजार संचालनमा ल्याईएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘यसले किसानले उत्पादन गरेको सामाग्रीले उचित मूल्य र बजार पाउनेछ भने उपभोक्ताले पनि सस्तोमा ताजा उत्पादन पाउनेछ’ उनले भने ‘किसानले उत्पादन गरेको उत्पादनले उचित मूल्य र सहजै बजार पाएमा उत्पादन बढ्नेछ ।’ यस्तै अध्यक्ष चुमानले हाटबजारमा आफ्नो उत्पादन ल्याउनको लागि ढुवानीको व्यवस्थापन समेत गाउँपालिका गरिदिएको छ भने हाट बजारमा किसानले निःशुल्क रुपमा आफ्नो उत्पादन राखेर बिक्रि वितरण गर्न पाउनेछ । गाउँपालिकाले ६ वर्ष अघि नै उक्त स्थानमा हाट बजार संचालन गर्न भनि निजि जमिन १० वर्षका लागि भाडामा लिएको
थियो । तर हाट बजार भने संचालन गर्न सकेको थिएन ।
नयाँ जनप्रतिनिधि आएसँगै अहिले पनि गाउँपालिकाले सोही स्थानमा हाट बजार संचालन गरेको हो । हाट बजार संचालनमा आएको पहिलो दिन किसानहरुले विभिन्न प्रकारका तरकारी,दुध, दुग्धजन्य परिकारहरु, छिम्कालेकको मह, बन तरुल, मस्याङ, खसीबोका लगायतका स्थानीय उत्पादनहरु बिक्रीको लागि राखिएको थियो ।