
तनहुँ ।
तनहुँ क्षेत्र नं १ प्रदेश (क)का लागि नेकपा एकीकृत समाजवादीका कलम चिन्हका उम्मेदवार विद्यानाथ ढकालको निर्वाचन परिचालन कार्यालय शुभारम्भ गरिएको छ ।
भानु नगरपालिका वडा नं १ भन्सारमा र व्यास नगरपालिका वडा नं. २ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन गरिएको छ ।
परिचालन कार्यालय शुभारम्भ कार्यक्रममा बोल्दै पार्टीका नेताहरु कलिला खान, शंकर नारायण श्रेष्ठ, श्रीराम कार्की, मंगल श्रेष्ठ लगायतले पार्टीका उम्मेदवार ढकाललाई विजयी गराउन कार्यकर्तालाई एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् ।
तनहुँ जिल्लामा नेकपा एकीकृत समाजवादीको एक स्थानमा मात्र उम्मेदवारी रहेकाले पार्टीको शक्ति सोही निर्वाचन क्षेत्रमा केन्द्रित गराएर अगाडि बढ्ने निर्णय समेत गरिएको बताइएको छ ।
राजनीतिमा देखिएको विकृति विरूद्ध आफ्नो उम्मेदवारी रहेको बताउँदै ढकालले सबैको साथ प्राप्त हुने विश्वास व्यक्त गरे ।