
तनहुँ
नेपाली कांग्रेसका युवा नेता पुर्ण बहादुरले गुरुङले कांग्रेस परित्यागको घोषणा गरेका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका नेता गुरुङले समाजिक संजाल फेसबुकमा लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले लेखेका छन् ‘चाकरी चाप्लुसी फरियावाद नाताबाद कृपावाद ढोके चम्छे हरुको बिरासत कै कारण आजदेखी नेपाली काङ्ग्रेसको राजनीतिबाट टाढा रहेको र नेपाली काङ्ग्रेसको साधारण सदस्य समेत बाट राजिनामा गरेको र साधारण सदस्य समेत नरहेको घोषणा गर्दछु।
२०७० सालको दोश्रो संविधान सभामा स्वतनत्र उम्मेदवार रहेका गुरुङले लोकपीय मत ल्याएका थिए । तनहुँका युवामाझ गुरुङ लोकप्रीय रहेका नेताको रुपमा रहेका छन् ।
एमाले जाने तयारी
कांग्रेस परित्याग गरेका गुरुङ आजै एमाले प्रवेश गर्ने तयारी रहेको छ , गुरुङ एमाले अध्यक्ष ओलीको हातबाट टिका लगाएर आज एमाले प्रवेश गर्ने कार्यक्रम बनेको छ ।