images
images
images

सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत २१ जनालाई पोषण भत्ता वितरण

images

तनहुँ
सुत्केरीसँग अध्यक्ष कार्यक्रम अन्र्तगत २१ जनालाई पोषण भत्ता वितरण गरिएको छ । थर्पु स्वास्थ्य चौकीको समन्वय र पालिकाको आयोजनामा गाँउपालिका भित्रका स्वाथ्य चौकीमा सुत्केरी भएको महिलालाई अध्यक्ष श्रीप्रसाद श्रेष्ठद्धारा पोषण भत्ता वाडिएको हो ।
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सभ्य समाज निर्माण हुनका लागी स्वास्थ्य हुन आवश्यक भएको वताए । स्वस्थ्य वच्चा जन्मनका लागी आमा स्वास्थ्य र वलियो हुन आवश्यक हुन्छ । गर्भवती चरण देखि नै महिला कमजोर हुन्छ । यो वेलामा महिलालाई पोषिलो खानाको आवश्यक हुन्छ । महिलालाई स्वास्थ्य रहन वच्चा जन्मनुभन्दा पहिला देखि नै नियमित रुपले पालिकाले सकेको स्वास्थ्य उपचार दिएको र वच्चा जन्मिसकेपछि धेरै पोषिलो खाना खुवाउनेपर्ने हुदाँ गाउपालिकाले सकेको आर्थिक सहयोग गरेको छौ । जसले गर्दा थोरै भएता पनि आर्थिक विपन्नता भएकोको लागी सहयोग पुगेको अध्यक्ष श्रेष्ठले वताए ।
गाँउपालिकाले प्रति सुत्केरी ५ हजार र नेपाल सरकारले गर्भवती उत्प्रेरणा अन्र्तगत ८०० र यातायात खर्च दिएका छौ । जनतासँगको सहकार्य हाम्रो पहिलो आधार हो, त्यही अनुरुप हामीले सुत्केरी सँग अध्यक्ष कार्यक्रम ल्याएका हौ । सुत्केरी पोषण भत्ता र यातायात खर्चले निम्न वर्गका लागी केही भएपनि राहत हुने अध्यक्ष श्रेष्ठले विश्वास गरे ।


यसैगरि गाँउपालिकाले गर्भवती हुनका लागी घरवाट चौकीसम्मको एम्वुलेन्सको व्यवस्था र चौकीमा सुत्केरी हुन नसकेमा पोखरा सम्मको एम्वुलेन्स सेवा पनि निशुल्क दिदै आएको अध्यक्ष श्रेष्ठले वताए ।
थर्पु स्वास्थ्य चौकीका सिनियर अहेव सुर्य श्रेष्ठले संचालन गरेको कार्यक्रममा ०७९ श्रावण देखि हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका २१ जना महिलाहरुलाई पोषण र यातायात खर्च प्रदान गरिएको हो ।

 

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS