
तनहुँ
चारकुने टोल विकास संस्थाको अध्यक्षमा सुदिप पण्डित सर्वसम्वत चयन भएका छन् । संस्थाको सोमबार सम्पन्न ८ औ अधिवेशन तथा २२ औ साधारण सभाले पण्डितको अध्यक्षामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ ।
संस्थाको उपाध्क्षमा भगवति पण्डित,सचिवमा सुरेश आचार्य,सहसचिवमा कल्पना राई,कोषाध्यक्षमा एस।बि।नेपाली चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा इन्दिरा थापा,रामचन्द्र आचार्य,युवराज भण्डारी,नारायणी सापकोटा चयन भएका छन् भने दुई सदस्य पछि मनोनित गरिने छ ।
चारकुने टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी व्यास नगरपालिका १ का वडाध्यक्ष रमेशचन्द्र हड्खले,वडासदस्य मणिजंग बस्नेत, नेकपा एमालेका युवा नेता निर्मल पण्डित, चारकुने टोल विकास संस्थाका निबर्तमान अध्यक्ष ज्ञानेन्द्र जिसी,जेष्ठ नागरिकको तर्फबाट गणेश जिसी लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।आगामी संघ र प्रदेशको चुनावका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ । पेश गरेको सुचीमा तनहुँका नेताहरुको ब्यवस्थापनमा चुकेको कांग्रेस युवा नेता डम्बवर अधिकारीले आसंका गरेका छन् । नेता अधिकारीले सामाजिक संजालमा फेसबुकमा लेखेका छन् ‘ अपुष्ट जानकारी अनुसार समानुपातिकको बन्द सूचीमा समानुपातिक व्यवहार अपनाएको पाइएन ।यस विषयमा जिम्मेवार तहमा बस्नु हुने नेता ज्यूहरूको ध्यान पुगोस् ।जय नेपाल ।’ युवा नेता अधिकारी तनहुँ क्षेत्र नं. १ को ख बाट प्रदेशसभा सदस्यमा उम्मेदवारको आंकाक्षी रुपमा रहेका छन् । सो क्षेत्र गठबन्धनको भागमा पनृ सक्ने भएकाले समानुपाति सचीमा पर्नका लागि नेता अधिकारीले लविङ गर्दै आएका छन् ।