images
images
images

बेलबासमा फौजि किरा लागेर मकै बाली नष्ट

images
 तनहुँ
तनहुँको ब्यास नगरपालिका स्थित बेलवासका किसानले लगाएको मकैमा अमेरिकन फौजि किरा लागेर  नष्ट गरेको छ । करिब १० रोपनि क्षेत्रफलमा लगाएको मकैबालि नस्ट भएको उनिहरूले बताएका छन् ।हिउँदे मकैको रूपमा लगाइएको खेतीको राम्रो भाउ आउने आसमा गरेको खेती चमरा काढ्ने र घोंगा हाल्ने बेलामा एकाएक फौजि किराले खाएर नष्ट गरेपछि किसानहरू चिन्तित भएका छन् । मकै छर्ने , गोड्ने , दुख  गर्यौँ , खेताला लगायौँ , मल हालेउँ अब घोगा लाग्ला भन्ने बेलामा किरा लाग्यो किसान मेघनाथ आचार्यले भने । यहाँ भन्दा ठुलो पीडा किसानलाई के हुन्छ र रु दुख गरेपछि त्यसको फल खान नपाउँदा अत्यन्तै दुख लागेको किसानको गुनासो छ । यश भन्दा अगाडि का दुई बर्ष सम्म लगातार यहि फौजि किराले मकै नष्ट गर्दा घाटा बेहोरेउँ , यसपटक त होला भनेको फेरि त्यस्तै भयो मेघनाथ भन्छन् । यसको रोकथामका लागि पटकपटक औसधि छर्दापनि समाधान नभएको देख्दा हरेस खाएको उनले सुनाए । सधैं यस्तै भएर बालि नस्ट हुने भए पछि अर्को सालबाट घाँस लगाउने सोचमा पुगेको मेघनाथले बताएका छन् । १५ बर्षसम्म लगातार बैदेशिक रोजगारमा पसिना बगाएर अब आफ्नै देशमा कृषि पेसा गर्ने सोच बनाएर बसेका युवा हुन् आचार्य १ सधैं भरि कति बिदेश बस्ने भनेर अब आफ्नै परिवार सँग बसेर कृषि पेसा गरौं भनेर अंगाल्दा घाटा परेको उनको दुखेसो छ । उनले मकै खेती सँगसँगै कोदो खेती र गाई पालन पनि गरेका छन् । मकै सँगै कोदोमा पनि फौजि किरा लागेर डढाइदिएको उनले बताए । मकै कोदोमा किराले नष्ट पारेपछि सम्बन्धित कार्यलयहरू वडाको कृषि प्रविधिक , नगरपालिकामा र कृषि ज्ञानकेन्द्रमा भन्दा कृषि ज्ञानकेन्द्रले औसधि दिने बाहेक अन्य केही सहयोग नपाएको किसानको गुनासो छ । सोहि ठाउँकि अर्कि किसान तिलकुमारि आचार्यले पनि बर्सेनि फौजि किराले मकै बालि नष्ट गर्दा ठुलो घाटा बेहोर्नुपरेको बताइन् । किसानलाई घाटा पर्दा कसैले नहेर्दा दुख लागेको उनले बताइन् । बिहान उठेर मकैबारि हेर्दा निकै उराठ लाग्ने गरेको उनिहरूको भनाइ छ ।  यश सम्बन्धमा ब्यास नगरपालिका वडा नँ १३ का अध्यक्ष वसन्त बहादुर आलेले दक्ष प्राविधिक नहुँदा किसानले समस्या भोग्नुपरेको बताए । यो वडा कृषि खेती गर्ने किसानले भरिएको वडा हो , तर सधैं यहि वडामा विभिन्न प्रकारका समस्या आइरहन्छन् त्यसैले यसको समाधानका लागि के गर्न सकिन्छ भनेर गम्भीरताका साथ सोचिरहेका छौँ । किसानलाई राहतको लागि आँफुले पनि पहल गर्ने आलेले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS