images
images
images

उत्पादन विना विकास असम्भव – अध्यक्ष् श्रेष्ठ

images

म्याग्दे /
प्राङ्गरिक खेती गरौ, स्वास्थ्य कृषि उपज प्रयोग गरौ भन्ने मुल नाराका साथभएको खुल्ला तीज गीत प्रतियोगितामा गणेश आमा समुह प्रथम भएको छ । हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको तीज गीत प्रतियोगिता उमाचोक अर्गानिक कृषि सहकारी संस्था म्याग्दे–२,गुन्जाराले आयोजना गरेको थियो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा प्राङ्गरिक खेती प्रणालीलाई जोड दिने सम्वन्धि सहभागीहरुले गीत गाएका थिए । प्रकृति र मानव स्वास्थ्यको रक्षा गरौ, जैविक विविधता वढाऔ भन्ने विषयमा सहभागीहरुले तीज गीतका माध्यामवाट उजागार गरेका थिए ।
१० टिमले सहभागी रहेको सो प्रतियोगितामा गणेश आमा समुह प्रथम, पसले आधारभुत विद्यालय द्धित्तिय र महिला जागरण आमा समुहले तेश्रो स्थान हासिल गरेको थियो भने खराडी आमा समहुले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजेताहरुलाई क्रमशः ५, ४, ३ र २ हजार सहित पुरस्कृत समेत गरिएको थियो ।
सो प्रतियोगितालाई सम्वोधनगर्दे अध्यक्ष श्रेष्ठले प्राङ्गरिक खेती प्रणालीको विकल्प नरहेको वताए । आधुनिकताका नाममा खाने वस्तुमा समेत मिसावट हुने अवस्था आएको र त्यसले स्वास्थ्यमा गम्भिर समस्या आईपरेको हुदाँ अव परम्परागत खेतीमा नै जानुपर्ने वताए । गाँउपालिकाले कृषि र उत्पादनमा जोड दिएको हुदाँ कुषकलाई गाँउपालिका सँग हातेमालो गरेर अगाडी वढ्न आग्रह गरे । उत्पादन विना विकास असम्भव भएको भएको हुदाँकुनै न कुनै उत्पादनमा जोडिन अनुरोध गरेका थिए । जव उत्पादन हुदैन, तव सवै समस्याग्रस्त हुने हुदाँ समृद्ध म्याग्देको आधार नै कृषि र उत्पादन भएको वताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS