damuli hospatail

२४ मंसिर २०८०, आईतवार

तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँ
तनहुँको बन्दिपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक सख्त घाइते भएका छन् । सोही वडा निवासी सुवास परियारका ३ बर्षीय छोरा सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरमा रहेको अवस्थामा चितुवाले आक्रमण गरी घरदेखि करिब ५० मीटर तल पुराएको अवस्थामा बालक भेटिएको हो । चितुवाले बालक लगेको थाहापाएपछि हल्लीखल्ली गरेपछि चितुवाले छाडेर भागेको अवस्थामा बालकलाई भेटिएको हो ।

चितुवाले बालको घाँटीमा प्रहार गरी घाइते बनाएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।घाइते बालकको डुम्रे स्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन रिफर गरिएको बन्दिपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।

केही महिना अघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए । चितुवाले पटक पटक मानिसलाई आक्रमण गर्न थालेपछि बन्दिपुरबासी त्रासित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala