images
images
images

गोरखा बजारमा भोज खाएका सबै बिरामी

images

गोरखा ।

गोरखा सदरमुकाममा तिजको दर खाएका एकै गाउँका सयौं मानिस बिरामी परेका छन् । गोरखा नगरपालिका ७ को मान्द्रे ढुङ्कामा तिजको पूर्व सन्ध्यामा भोज खाएका सबै बिरामी परेका हुन् ।

गएको शनिबार कृण्ण जन्माअष्टमीका दिनमा भोज खाएका सबै बिरामी परेको वडाध्यक्ष बिण्णु श्रेष्ठले बताए । ‘कृण्ण जन्माअष्टमीका दिनमा स्थानिय महिलाहरु मिलेर तिजको दर खाएको र सोही साँझदेखी नै सबै जना बिरामी परेको’ भन्दै वडाध्यक्ष श्रेष्ठले ‘आफुलाई मंगलबार मात्र मान्द्रे ढुङ्कामा भोज खादा बिरामी परेको जानकारी आए पछि स्वास्थ्यकर्मी लगेर स्वास्थ्य जाँच गराएको’ बताए ।

मंगलबार नै वडाध्यक्ष सहित गएको स्वास्थ्यकर्मीहरुको टोलीले ४० जनाको स्वास्थ्य जाँच गराएका थिए । त्यस मध्ये ३ जनालाई स्लाईन चढाइएको थियो । बिरामी परेका सबैलाई वडा कार्यालय मार्फत निशुल्क औषधी बिरतरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

बुधबार बिहानसम्म अवस्था सामान्य भएता पनि केही बिरामीहरुले अझै पनि स्लाईन लगाएर घरमा नै बसेको आधारभूत स्वास्थ्य केन्द्र डण्डीडाडाँकी अहेब भुमिका श्रेष्ठले जानकारी दिईन ।गाउँमा कम्तीमा पनि १०० जना भन्दा बढी बिरामी परेका छन् । महिलाको भोजमा पुरुषहरु पनि सहभागी भएका कारण उक्त गाउँमा पुरुषहरु पनि बिरामी परेका छन् ।

बिरामी सबैलाई शनिबार साँझदेखी नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको वडाध्यक्ष बिण्णु श्रेष्ठले जानकारी दिए ।
बिरामी भएका मध्ये धेरै जसोले गोरखा बजारकै निजि क्लिनिक र अस्पतालका साथै केहीले भने गोरखा अस्पतालमा चेक जाँच गराएर उपचार गराईरहेको पनि स्वास्थ्य केन्द्र प्रमुख भूमिका श्रेष्ठले जानकारी दिईन ।

भोजमा पुलाउ, अचार, तरकारी र मासुको परिकार खाएको एक स्थायिन महिलाले जानकारी दिईन । ‘पुलाउ अलि पाकेको थिइन । तर पनि मासुका कारण सबै बिरामी भएको होला भन्ने हामीले अनुमान गरेका छौ’ ति महिलाले भनिन् ।गोरखा समचारबाट

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS