damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

सामाजिक अभियन्ता मिश्रको निधन

तनहुँ
व्यास नगरपालिका वडा नं. १० सेवर निावसी समाजिक अभियन्ता बलराम मिश्रको निधन भएको छ ।
मिश्रको ५१ बर्षको उमेरमा आइतबार राती आफ्नै निवसास सेवरमा निधन भएको मिश्रको पारिवारिक श्रोतले बताएको छ ।
स्वर्गिय मिश्र व्यास नगरपालिका वडा नं. १० लाई आधार बनाएर बिभिन्न समाजिक काममा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
मिश्रले व्यास नगरपालिका वडा नं.१० को सर्वज्योती माध्यमिक विद्यालय,तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ, सेवर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड,सेवर टोल विकास संस्था लगायतका समाजिक क्षेत्रमा झण्डै तिन दशक देखि सो क्षेत्रमा सामाजिक अभियन्ताको रुपमा काम गरेका थिए ।
स्वर्गिय मिश्रको सोमबार नै धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala