images
images

भिमाद नगरपालिकाको ६६ करोडको वजेट सार्वजनिक

images

भिमाद
भिमाद नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को वजेट सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्य केदार सिग्देलले एक कार्यक्रमका विच बजेट सार्वजनिक गरेका हुन् ।
१२ औ नगरसभावाट स्वीकृत वजेट नगर सभाबाट पारित भएपछि सार्वजनिक गरिएको हो ।भिमाद नगरपालिकामा आर्थिक ०७९/०८० वर्षका लागि आर्थिक विकास, समाजिक विकास, पुर्वाधार विकास, शुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा वजेट विनियोजन गरिएको नगर प्रमुख दधिराज सुवेदीले बताए ।
आर्थिक विकास क्षेत्र अन्र्तगत कृषि क्षेत्रमा ९३ लाख, पशुपन्छी विकासमा ५८ लाख र उद्योगमा ३५ लाख गरि कुल १ करोड ८६ लाख वजेट विनियोजन भएको छ । यसैगरि शिक्षा क्षेत्रमा २१ करोड ६४ लाख, स्वास्थ्यमा ३ करोड ४६ लाख, लैङ्गिक समानता तथा समाजिक समावेशीकरणमा १३ लाख ४ हजार, युवा तथा खेलकुदमा १ लाख र खानेपानी  तथा सरसफाईमा १ करोड ४७ लाख गरिकुल २६ करोड ७१ लाख ४ हजार विनियोजन भएको छ ।
यसैगरि पुर्वाधार तर्फ यातायात पुर्वाधारमा १ करोड ३० लाख, भवन आवास तथा शहरी विकासमा १ करोढ २ लाख र उर्जामा ८ लाख गरि कुल २ करोड ४० लाख विनियोजन भएको छ । यसैगरि शुसासन तथा अन्तर सम्वन्धित क्षेत्रमा प्रशासकीय शुशासनमा ३ लाख, श्रम तथा रोजगारीमा ७६ लाख र तथ्यांक प्रणालीका लागी ९६ हजार गरि कुल ७९ लाख ९६ हजार विनियोजन भएको छ ।
वजेट सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दे प्रतिनिधीसभा सदस्य केदार सिग्देलले वजेट कार्यन्वयनको पाटो महत्वपुर्ण भएको हुदाँ ईमान्दारिता साथ काम गर्न आग्रह गरे । सवैको साथ र सहयोगले समृद्ध भिमाद निर्माण गरिने हुदाँ योजनाको कार्यन्वयनमा ध्यान दिन आवश्यक रहेको बताए ।
भिमाद नगरपालिकामा संघिय र प्रदेश सरकारवाट पनि उल्लेख्य वजेट विनियोजन भएको हुदाँ त्यसको पुर्णताले यस क्षेत्रको नै मुहार फेरिने समेत सिग्देलले बताए । कार्यक्रममा संविधान सभा सदस्य टुकराज सिग्देल, भीमादन गरपालिकाका उप प्रमुख शारदा खनाल, पुर्व मेयर मेख वहादुर थापा, नेपाली काग्रेसका सभापति जीत प्रकाश आले, नेकपा एमाले भिमादनगर कमिटीका अध्यक्ष ईमानसिंह थापाले वजेटमाथी धारणा राखेका थिए । कार्यक्रम नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS