images
images
images

भानुमा गाई भैसीलाई तोके भन्दा दोब्बर सुत्केरी भत्ता

images

भानु ।

भानु नगरपालिकाले आर्थिक बर्ष २०७७ /०७८ मा गाई भैसीलाई तोके भन्दा दोब्बर सुत्केरी भत्ता वितरण गरेको पाइएको छ ।
नगरपालिकाले कार्यविधि भन्दा बढी दिएको भत्ता असुल उपर गर्न समेत निर्देशन दिएको छ । महालेखपरीक्षकोे प्रतिवेदन २०७९मा ‘भानु नगरपालिकाले गाई भैसीलाई सुत्केरी पशु आहारा अनुदान कार्यक्रम संचालन कार्याविधि २०७३ को अनुदान कार्यान्वयनको लागि प्रस्तावित नम्र्समा सहकारीमा आवद्व कृषकहरुका विमित पशु (गाई,भैसी)लाई २ हजार ५ सयका दरले सुत्केरी भत्ता उपलब्ध गराउन सकिने ब्यवस्था रहेको छ ।’ उल्लेख गरिएको छ ।


प्रतिवेदनमा भनिएको छ ‘पालिकाले २०७८ बैशाख २२ गतेको टिप्पणी आदेशमा कार्यविधिको रकम अति नै कम भएको भनि ५ हजार दिर्ने निर्णय गरी १०० कृषकलाई ५००० का दरले रु ५ लाख भैंसी सुत्केरी भत्ता वितरण गरेको छ । नेपाल सरकारले अनुदान कार्यक्रम संचालन कार्यविधिमा तोकेको दरमानै भत्ता वितरण गनुपर्नेमा बढी दरमा भत्ता वितरण गरेकाले कार्यविधि भन्दा बढी भत्ता वितरण भएको २ लाख ५० हजार रकम असुल गर्न समेत महालेखा परीक्षकको प्रतिवेदनमा जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS