images
images
images

ऋषिङमा बेथिति ,राजश्व संकलन भन्दा तीन गुणा बढी कार्यक्रम गर्न खर्च

images

तनहुँ
ऋषिङ गाँउपालिकामा राजस्व संकलन भन्दा रजश्व संकलन गर्ने तालिमका लागि तिनगुणा बढी रकम खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको ६९ औ प्रतिवेदनमा राजश्व संकलन भन्दा बढी रकम खर्च लेखेर भुक्तानी गरेको भनेर सो सम्वन्धमा यर्थाथ एकिन गरी कार्यक्रम नभएको खण्डमा उक्त रकम असुल गनुपर्ने प्रतिवदेनमा उल्लेख छ । गाँउपालिकाले आर्थिक बर्ष २०७७ /०७८ मा राजश्व संकलनका लागि २०७७ साउन १ गते देखि २६ गते सम्म सम्पती कर कार्यान्वयनका लागि कार्य गरेको भनेर यातायात खर्च,पारीश्रमिक बापत १ लाख २९ हजारमा करकट्टी गरी टेकनाथ सापकोटालाई भुक्तानी गरेको उल्लेख छ । ‘कार्यक्रम संचालन गरेको हाजिरी,तस्विर लगायत कार्य संचालन गरेको प्रमाण पेश नगरी भुक्तानी गरेको देखिन्छ ।’ महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ऋषिङ गाँउपालिकाले आर्थिक बर्ष २०७७ /०७८ भने बर्ष भरीमा जम्मा ४६ हजार १ सय १२ रुपयाँ मात्र राजस्व संकलन भएको महालेखाले प्रतिवेदनमा जनाएको छ । राजश्व संकलन भन्दा तिन गुणा बढी रकम खर्च गरेको र कार्यक्रम गर्दाको प्रमाण समेत नभएको प्रतिवेदनमा उल्लेख गरेको छ ।


यस्तो छ महालेखाको प्रतिवेदनको पुरा अंश ‘आर्थिक कार्यविधि तथा वित्तय उत्तरदायित्व नियमावली २०७७ को ३९ (५) मा सरकारी खर्च गर्दा त्यस्तो खर्च पुष्ट्याई गर्ने बिल भरभपाई प्रमाण र कागजात सम्लग्न हुनुपर्ने उल्लेख छ । कार्यालयले सम्पती कर कार्यान्वयनको लागि २०७७/०४/०१ देखी २०७७/०४/०२६ सम्म कार्य गरेको भनि खर्च र पारिश्रमिक बापत एकमुष्ठ १लाख २९ हजार मा १५ प्रतिसत करकट्टी गरी टेकनाथ सापकोटालाई भुक्तानी गरेको देखिन्छ । पालिकाको सुत्र सफ्टवयरको वित्तिय प्रतिवेदन २७२ को आन्तरीक आर्य अन्र्तगत सम्पती कर संकलनको अवस्था हेर्दा आ.व २०७७/ ०७८ मा रु ४६ हजार १ सय १२ मात्र सम्पती कर संकलन भएको देखिन्छ । सम्पती कर संकलन गर्नका लागि संकलीत रकमको तीन गुणा खर्च गरेको एवम् सम्पती कर तालिममा प्रशिक्षार्थीको उपस्थिति र प्रशिक्षको हाजिरी र कार्यक्रम संचालनको फोटो लगायतका कुनै पनि प्रमाण पनि समावेश नगरी भुक्तानी दिएको देखिन्छ । यसरी खर्चको प्रमाण तथा प्रभावकारीता नभएको क्षेत्रमा स्विकृत कार्यक्रम प्रस्ताव वेगर खर्च गरेकोले सो यर्थाथ एकिन गरी कार्यक्रम नभएको खण्डमा उक्त रकम असुल गनुपर्ने रु १२९०००’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS