दमौली, ०९ साउन ।
नेपाल फर्निचर ब्यवसायी महासंघको ८ औँ स्थापना दिवस तनहुँमा पनि मनाइएको छ ।
स्थापना दिवसको अवसरमा फर्निचर ब्यवसायी संघ तनहुँले व्यास– १निर्मलनगर टोलमा रहेका धन बहादुर आलेको घरमा टिनको छाना फेरर आफ्नो स्थापना दिवस मनाएको हो । संघले आलेको घरमा १० हजार बराबरको जस्तापात फेरिएको र नगद एक हजार हस्तान्तरण गरेको जिल्ला अध्यक्ष अम्मर भण्डारीले बताए । कार्यक्रममा जिल्ला सचिव सन्तोष वि.क.,अभियान भण्डारी,दिपक गैह्रे राजेश सादसंकर,मिन वि.क., लालकुमार थापा टोलका इन्द्रलाल मल्ल लगायको सहभागिता रहेको थियो । महासंघ तनहुँले स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रम जिल्ला अध्यक्ष अम्मर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।