images
images
images

तनहुँ सेवा समाज युएईले मनायो भानु जयन्ति

images

युयई
हाम्रो तनहुँ हाम्रो शान, सेवा र सहकार्यको लागि अभियानू भन्ने मूल नारा सहित स्थापना भएको तनहुँ सेवा समाज युएईले १७ जुलाई सन् २०२२ आइतबारका दिन युएई व्यापि खुल्ला रचना वाचन कार्यक्रम –२०२२ आयोजना गरी २०९ औँ भानु जयन्ति कार्यक्रम मनाएको छ ।

संस्थाका अध्यक्ष  सुदिप कार्की सभापतित्वमा भएको कार्यक्रममा तनहुँ सेवा समाज युएईका संरक्षक दिपक खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गैरआवासीय नेपाली संघ यूएईका उपाध्यक्ष, अध्यक्ष एवं मध्यपूर्व संयोजक विकाश शाही ठकुरी, ठाकुर प्रसाद ढुंगाना , मनोज गोर्खाली र नेपाली समाज यूएईका उपाध्यक्ष कमल गिरि को पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा विषेश लमजुङ सेवा समाज युएईका प्रमुख सल्लाहकार विष्णुलाल श्रेष्ठ , गुल्मी सेवा समाज युएईका अध्यक्ष रुद्र थापा,इनास युएईका अध्यक्ष एम.डि बोहोरा, जनसंपर्क समिति युएईका संरक्षक खेमराज बस्नेत , लमजुङ सेवा समाज युएईका उपाध्यक्ष रामबाबु न्यौपाने, जनजाति महासंघ युएईका निवर्तमान सचिव एवं नेवाः पुचा युएईका महासचिव कुमार बलामी , आई एम ई कन्ट्री हेड उत्तम बस्नेत , समाजसेवी गोपीकृष्ण पंगेनी,व्यवसायी तथा समाजसेवी कुल लेप्चा लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा युएईलाई आफ्नो कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा योगदान दिँदै आउनु भएका स्रष्टाहरू टक गुरुङ , सोनी भण्डारी, विष्णु प्याकुरेल ,सुरज राना मगर, डि एल घिमिरे,गणेश बस्नेत,  भवानी नेपाल, हरिहर कँडेल ,नकुल पौडेल,अटल उपेन्द्र, शिव लामिछाने, रमण सुवेदी, कमल गिरि र रुद्र थापाले आफ्ना रचना वाचन गरेका थिए । रचना वाचन गर्ने सम्पूर्ण सर्जकहरुलाई संस्थाको तर्फबाट प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो । साथै सोही अवसरमा युएईमा सांस्कृतिक कार्यक्रम ‘गोर्खा साँझ’का लागि नेपालबाट प्रस्थान गरेका कलाकार प्रिती आले लगातयका कलाकारहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको तनहुँ सेवा समाज युएईका प्रवक्ता श्री गणेश बस्नेतले बताए ।

कार्यक्रम संस्थाका प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठले र साहित्यिक कार्यक्रम साहित्यकार भवानी नेपालले सञ्चालन गरेका कार्यक्रमका संयोजक टक गुरुङले बताए । कार्यक्रममा उपस्थित सबैलाई हार्दिक आभार सहित धन्यवाद दिँदै संस्थाका अध्यक्ष सुदिप कार्कीले समापन गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS