images
images
images

बसको ठक्करबाट सेरामा एक जनाको मृत्यु

images

तनहुँ ।

तनहुँको व्यास-११ सेरामा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा व्यास-११ का २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृतक सुनार मोटरसाइकलको पछाडी सवार थिए ।

मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार भने घाइते भएको प्रहरीले जनाएको छ । उनको दमौली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ग १५ प ६५०४ नम्बरको मोटरसाइकललाई ग १ क २६८३ नम्बरको बसले ठक्कर दिदाँ उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर इने बस माया युनिभर्स स्कुलको रहेको प्रहरीले जनाएको छ । बस सडकभन्दा केहि तल पुगेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS