images
images
images

खुल्ला रचना वाचन कार्यक्रम हुँदै

images

तनहुँ
तनहुँ सेवा समाज युएईले भानुभक्तको २०९ औं जन्म जयन्ति अवसर पारेर आज दुवईमा खुल्ला रचना वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली साहित्यको संरक्षणको लागि कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक टक गुरुङले बताए ।

रोजागरीको सिलसिलामा युएईमा रहेका नेपालीहरुको संस्था तनहूँ सेवा समाजले यूएईले बिभिन्न कार्यक्रम समेत गर्दै आएको छ । ‘हाम्रो तनहूँ, हाम्रो शान’ सहकार्यता र सेवाको अभियान भन्ने नाराका साथ नेपाली साहित्यको संरक्षणको लागि दुवईमा खुल्ला रचना वाचन कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक गुरुङले बताए । साउन १ गते अर्थात १७ जुलाईका दिन सिल्भर स्पून नेपाली रेस्टुरेन्ट बरदुबईमा कार्यक्रम गरिने भएको हो ।
आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक गुरुङ ले बताए । बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरुलाई सहभागिता जनाउन समेत आयोजकले आग्रह गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS