
भानु
१९ औं राष्ट्रिय धान दिवशको अवशरमा तनहुँको भानु ९ बाईसजाँगरमा पनि रोपाईँ महोत्सव गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ गोर्खाको आयोजनमा राष्ट्रिय धान दिवश तथा रोपाई महोत्सव गरिएको स्थानीय सिताराम बजगाईले जानकारी दिए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी विशवप्रकाश अर्याल, नेपाल प्रहरी तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबू रेग्मी , शसस्त्र प्रहरी बल मनकामना गणका गणपति प्रहरी उपरिक्षक सूर्यप्रसाद आचार्य, राष्ट्रिय अनुसन्धान तनहुँका प्रमुख उत्तम खनाल, रेडक्रस तनहुँकी मन्त्री चिनु पोख्रेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रविन्द्र पौडेल, पूर्ण ढुँगाना, केशवचन्द्र बगाले लगाएतको सहभागिता रहेको स्थानीय विकलराज अधिकारीले जानकारी दिए ।
स्थानीय कृष्णमान श्रेष्ठ र चामनारायण श्रेष्ठको खेतमा बाजागाजा रोपाई गरिएको थियो ।