images
images
images

व्यास नगर आमा समूहका महिलालाई नेतृत्व प्रशिक्षण

images

दमौलीः व्यास ३ का महिलाहरुलाई नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दमौलीमा शुरु भएको छ । व्यास नगर आमा समूहको आयोजनामा जिल्ला समन्वय समिति तनहुँको हलमा शुरु प्रशिक्षणको जिल्ला समन्वय समिति तनहुँकी कार्यवाहक प्रमुख पवित्रा पौडेलले उद्घाटन गरिन् ।
प्रशिक्षण उद्घाटन गर्दै उनले टोल र समाजका समस्या समाधानमा समेत नेतृत्व लिन महिलाहरुलाई सुझाव दिइन् । उनले नागरिकका माग अनुसार आवश्यकता पूरा गर्न जनप्रतिनिधिलाई आग्रह गरिन् ।

व्यास ३ का वडाध्यक्ष अनुप रानाले बोल्न नसक्दा सुनुवाई नभएको भन्दै युवा र अरु टोलका महिलालाई पनि नेतृत्व विकास प्रशिक्षण आवश्यक परेको बताए ।
वडा सदस्य श्रीमाया विकले महिलालाई अझ प्रभावकारी नेतृत्व क्षमता विकासमा तालिमले भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
समूहकी अध्यक्ष मञ्जु वाग्लेले बजारमै भए पनि महिलाहरु बोल्न तथा नेतृत्व लिन पछि परेको महसुस गरेर तालिम गरिएको बताइन् । समूहकी सचिव शर्मिला ओझाले महिलाको माग अनुसार प्रशिक्षण गरिएको भन्दै नतिजाबाट आशावादी बनेको बताइन् ।
समूहकी अनिता घिमिरे वाग्लेले महिला अझै पनि पछि परेको बताइन् ।
तीन दिन चल्ने प्रशिक्षणमा पत्रकार पवन पौडेल तथा शिक्षाविद् विणा कैनीले प्रशिक्षण प्रदान गर्ने समूहले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS