तनहुँ
नेकपा माओवादी केन्द्र आँबु खैरेनी गाँउपालिका मंगलबार बृहत सभा सम्पन्न गरेको छ । नेकापा माओवादीका युवा नेता शुक्र चुमान गाँउपालिका अध्यक्षका उम्मेदवार रहेका छन् ।
माओवादीले आँबुखैरेनी बजारमा बजारमा बिशाल ¥याली सहित आम सभा सम्पन्न गरेको हो । आँबुखैरेनी गाँउपालिकामा आफ्नो पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुको प्रचार प्रचारसँग मंगलबार माओावदी केन्द्रले आँबुमा मानव सागर उतारेर विजयी हुने सन्देश दिएको नेकपा माओवादी केन्द्रका सुर्य बहादुर गौलीले बताए ।
माओवादी केन्द्रका नेता गौलीका अनुसार आँबुका सबै वडामा नेकपा मओवादीका तर्फबाट उम्मेदवार रहेका घर दैलोका क्रममा जनलहरु सृजना भएको आजको ¥यालीबाट विजयी यात्रा सुरु भएको पुष्टि भएको बताए ।
आँुुखैरेनी गाँउपालिका नेकपा माओवादीको नेतृत्वमा यस पटक स्थानीय सरकार बन्नेमा मंगलबारको सभाबाट सन्देश गएको नेकपा माओवादी केन्द्रले जनाएको छ । माओवादीका उम्मेदावर गाँउ गाँउमा जाँदा जनताले खुशी ब्यक्त गरेको अध्यक्षका उम्मेदावार शुक्र चुमानले बताए ।















