तनहुँ
आसन्न स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा युवा उम्मेदवार बढी देखिएका छन्। पार्टीको वडादेखि जिल्लासम्म आफ्नो पहुँच स्थापित गर्न लागेका युवाहरु वडादेखि नगर प्रमुखसम्म हाबी भएका हुन्।
जसले गर्दा तनहुँमा जनप्रतिनिधिहरुमा युवा वर्चस्व हुने देखिन्छ । जनताले युवाबाट आशा र भरोसा समेत गरेकाले संयमित भएर काम गर्नुपर्ने हुन्छ । तनहुँमा धेरै पालिकामा युवाहरुले नै उम्मेदवारी दिएका छन्। केही पालिकमा पुराना नेताहरु दो¥याएको भएपनि उम्मेदवारका रुपमा युवाहरुले अवसर पाएका हुन् ।
तनहुँका प्राय स्थानीय तहमा उपाध्यक्षदेखी उपमेयरसम्म पनि युवाहरुले नै टिकट पाएर प्रचारमा जुटेका छन् । नेकपा माओवादी केन्द्रले तनहुँको आँबुखैरेनी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा युवा उम्मेदवारलाई प्राथामिकता दिएको छ । त्यहाँ नेकपा माओवादी केन्द्रको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्ष अर्यालाई उम्मेदवार रहेका छन् । यी दुवै युवा हुन् । यस्तै भानु नगरपालिमा पनि नेपाली कांग्रेसले मेयर उप मेयरमा युवा उम्मेदवार बनाएको छ । त्यहाँ कांग्रेसले आनन्दराज त्रिपाठीलाई मेयरमा प्रस्ुतुत गरेको छ । भानुमा नै नेकपा माओवादी केन्द्रले ओमकुमारी पौडेललाई उप मेयरको रुपमा प्रस्ुतत गरेको छ भने नेकपा एकिकृत समाजवादीका पनि श्रीराम पौडेलाई उप मेयमको रुपमा उमेदवार बनाएको छ । यस्तै व्यासमा मेयरमा स्वतन्त्र उम्मेदवार दिपकराज जोशी पनि युवा समुहमा नै पर्छन्
नेकपा माओवादी केन्दले शुक्ला गण्डकीमा नगरपालिका उपमेयरमा युवा नेता खुम बहादुर वि.क ‘राज्’लाई उप मेयरमा चुनावी मैदानमा उठाएको छ । यस्तै नेपाली कांग्रेसे भिमाद नगरपालिकामा उप मेयमार मिलन आलेलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नै घिरङ गाँउपालिकमा अध्यक्षमा गंगाराम कुमाललाई उध्यक्षमा उम्मेदवार बनाएको छ ।
नयाँ भिजन बोकेका यूवाहरुको हातमा नगर तथा वडा भए दिगो विकासको सपना पूरा हुने विस्वास गरिएको छ । जितेमा विगतभन्दा जनतालाई आभास हुने गरी काम गरेर देखाउने आँबु खैरेनी गाँउपालिकाका अध्यक्षका उम्मेदवार शुक्र चुमानले बताए ।
यस्तै तनहुँका प्रमुख दलहरुले वडा अध्यक्ष पदमा पनि युवा उम्मेवार उलेख्य संख्या उठाएका छन् ।