तनहुँ
नेकपा माओवादी केन्द्रबाट आँबुखैरेनी गाँउपालिकामा अध्यक्षका उम्मेदवार शुक्र चुमानले कृषिको विकासको लागि आर्कषक नारा अघि सारेका छन् । चुमानको घोषणपत्रमा कृषकलाई परिचय पत्र देखी निःशुल्क बिमा गर्ने कुरा उल्लेख गरेका छन् ।
चुमानले आफ्नो घोषण पत्रमा कृषि क्षेत्रको विकासका लागि बारे उत्पादनमा आधारीत अनुदानको व्यवस्था मिलाई कागजको आधारमा आफ्नालाई जथाभावि सहयोग बाड्ने प्रणालीको खारेज गर्ने समेत घोषणा गरेका छन् ।
व्यवसायिक कृषकहरुलाई कृषक भत्ताको व्यवस्था गर्ने ,कृषकको उत्पादित वस्तुलाई बजारीकरण, भण्डारीकरण को व्यवस्था गर्ने ,एक वर्ग एक नमुना उत्पादन कार्यक्रम सँचालन गर्ने , विपन्न कृषकहरुलाई पुर्ण अनुदानको व्यवस्था ,सिटिभिटीइमा कृषि तथा पशु विषय लिएर पढ्न छात्रबृत्तिको व्यवस्था गर्ने , कृषि समुह सहकारीलाई उद्योग स्थापनामा सहयोग गर्ने घोषणा पत्रमा उल्लेख गरेका छन् ।
उनको घोषणा पत्रमा जैविक उत्पादन, लोपोन्मुख विउ विजन, पशुपंक्षी संरक्षण कार्यक्र सँचालन गर्ने देखी कृषकहरुको हितलाई ध्यानमा राखि १००० टन क्षमताको कोल्ड स्टोर स्थापना गर्न संघ र प्रदेश सरकारसँग साझेदारी गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् ।कृषिमा आधुनिकिरकण गर्न खुल्ला खेतिबाट सुरक्षित खेतितर्फ सेल प्रविधि विस्तार गर्ने , बाँदर नियन्त्रणको विकल्प खोजि गर्न आवश्यक पहल गर्ने , मासुजन्य उत्पादनमा बाह्य आपुर्तिलाई निरुत्साहित गरि आन्तरिक उत्पादन र उपभोगा जोड दिने ,सामुदायिक वनमा आयआर्जनको लागि ब्लक निर्धारण गरि जडिबुटिजन्य उत्पादनमा जोड गर्ने, जडिबुटि प्रशोधनको व्यवस्था गर्ने ,भुजेल, चेपाङ समुदायको परम्परागत सीपलाई व्यवसायिकरण गर्न सामुदायिक वन क्षेत्र उपलब्ध गराई बाँस खेतिको लागि अनुदान व्यवस्था गर्ने । साथै उत्पादित वस्तुको सहज ढुवानी, बजारीकरण मा प्रोत्साहत गर्ने प्रतिवद्वता पत्रमा उल्लेख गरेका छन् ।
वडा नं. १ र २ लाई सुन्तला सुपर जोन बनाई पुर्ण अनुदानको व्यवस्था मिलाउने समेत उनले प्रतिवद्वतामा समेटेका छन् । अध्यक्षका प्रत्यासी चुमानले गाईभैसीलाई सुत्केरी भत्ता देखी आँबुखैरेनीमा जंगल पार्क निर्माण गर्ने बताएका छन् ।