तनहुँ । नेपाल मौरी पालन महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आईतबार १६औँ मह दिवसको अवसरमा पारेर सम्पन्न भएको अधिवेशनबाट नवरपुरका मौरी पालक कृषक चण्डिका प्रसाद लामिछानेका अध्यक्षतामा प्रदेश समिति चयन गरिएको छ ।
समितिका वरिष्ठ उपाअध्यक्षमा लमजुङका धुवबहादुर दुरा, महासचिवमा कास्कीका जिवनाथ लामिछाने, सचिवमा बाग्लुङका धनप्रसाद सापकोटा र कोषाध्यक्षमा तनहुँका नन्दराज थापा चयन भएका छन् ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा ब्यवसायिक रुपमा मौरि पालन गरि मह उत्पादन गर्दै आएको कृषकहरुको साझा संस्था महासंघ गण्डकीको सदस्यमा पर्वतका भगवान आचार्य, तनहुँका सुरज वाग्ले, तनहुँकै सोमबहादुर पुलामी मगर, कास्कीकी कविता क्षत्री, कास्कीकै सिता सुवेदी, बाग्लुङका दिनेश खत्री र लमजुङका मिनबहादुर गुरुङ चयन भएका छन् ।