images
images
images

बन्दीपुर गाउँपालिकाद्वारा किसानलाई हाते ट्याक्टर र कुटानी पिसानी मिल वितरण

images

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाका किसानलाई कृषि मेसिनरी सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले कृषिमा यन्त्रीकरण गरी लागत घटाउने र उत्पादन बढाउन किसानलाई ५२ थान कृषि सामाग्री प्रदान गरेको बताएको छ ।

गाउँपालिकाले किसानलाई हाते ट्याक्टर र कुटानी पिसानी मिलसहित घास काट्ने मेसिन, बिषादी हाल्ने स्प्रे, सिकेटर लगाएत वितरण गरेको गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाले जानकारी दिए ।

५० प्रतिशत अनुदानमा गाउँपालिकाले २१ थान हाते ट्याक्टर, २२ थान कुटानी पिसानी मिल, ५ थान थ्रेसर (घाँस काट्ने मेसिन), ३ थान इलेक्ट्रीक स्प्रे मेसिन र १ थान वितरण गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८–७९ मा विनियोजन गरेको १४ लाख रुपियाँ बजेटमा उक्त कृषि सामाग्री खरिद गरी किसानलाई वितरण गरिएको गाउँपालिका कृषि शाखा प्रमुख सुलब अधिकारीले बताए । कृषिलाई यन्त्रीकरणसँग जोड्न र उत्पादन बढाउने लक्ष्य गाउँपालिकाको रहेको उनले बताए ।
उनले अगाडी थपे ‘गाउँपालिकाले व्यवसायमुखी खेति गर्न चक्लाबन्दी गरिएको ठाउँ र बाँझो जमिनमा उत्पादन गर्न कृषि सामाग्री वितरण गरेको हो ।’

गाउँपालिका कृषि शाखा प्रमुख अधिकारीले बर्खा र हिउँद गरी दुवै समय चलाउन मिल्ने २ वटा चक्कासहित किसानलाई हाते ट्याक्टर प्रदान गरिएको बताए । डिजेलबाट चल्ने ७ हर्सपावरको ट्याक्टर वितरण गरिएको उनले बताए । कृषि समाग्रीको ५० प्रतिशत अनुदान गाउँपालिकाले ब्यहोरेको र बाँकी किसान आफैंले लगानी गरेको उनले बताए ।

गाउँपालिकाले हरेक वर्ष हाते ट्याक्टर वितरण गर्दैआएको छ । गतवर्ष पनि हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यसले किसानलाई थप सहज बनाएपछि चालु आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाको भनाई छ । गतवर्ष १७ लाखको सहयोगमा गाउँपालिका ६४ थान वितरण गरे गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष थापाकाअनुसार पछिल्लो समय गोरु पाउन मुस्किल परेको र युवा पुस्ता विदेश पलायन भएकाले खेतीयोग्य जमिन बाँझो बनेको स्थानीयको गुनासो छ । हाते ट्याक्टरले बाँझो खेत जोत्न सहज हुने भएकाले कृषकलाई हाते ट्याक्टरको व्यवस्था गरिएको उनले बताए ।

बाँझो जग्गामा सहज रुपमा खेती गर्न गाउँपालिकाले ट्याक्टर सहयोग गरेको उनले बताए । विदेश गएका युवालाई गाउँमै फर्काएर कृषि कर्ममा आकर्षित गराउन र स्वरोजगार बनाउन पनि हाते ट्याक्टरले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS