images
images
images

मादिश्रीलाई रोट्रयाक्ट अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधी

images

तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा शुक्रबार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

क्लबले विगत ३ वर्षदेखि स्वर्गीय राममाया राउतको स्मृतिमा आयोजना गर्दै आएको व्यास नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितमा व्यास क्षेत्रका संस्थागत र सामुदायिक गरी १० वटा विद्यालयको सहभागीता रहेकोमा मादि श्री आवसीय माध्यमिक विद्यालय प्रथम भएको छ ।

त्यस्तै प्रतियोगितामा कंकाई आवसीय माध्यमिक विद्यालय द्धितीय, चण्डीदेवि राष्ट्रिय माध्यमिक विद्यालय तृतीय र सत्यवती माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएको रोट्रयाक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतले जानकारी दिए ।

प्रतियोगितमा स्थान, द्धितीय र तृतीय हुने समूहलाई क्रमश नगद रु.४ हजार ५ सय , ३ हजार र १ हजार ५ सय प्रदान गरिएको कार्यक्रम संयोजक रवि अधिकारीले जानकारी दिए ।

उक्त प्रतियोगितामा र सान्त्वना हुनेलाई प्रमाणपत्र
यसअघि कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले युवाहरुलाई सिर्जनशिल बनाउन रोट्रयाक्ट क्लबको भूमिका महत्वपुर्ण रहेको बताए ।

साथै हाजिरजवाफ जस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान र चेतनाको स्तर मापन गर्नुका साथै समाज, राष्ट्र र अन्तराष्ट्रिय घटना र परिवेशबारे जानकारी गराउने बताए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले हाजिरजवाफ प्रतियोगिताले बालकको आन्तरिक क्षमता उजागर गर्ने अवसर प्रदान गर्ने बताए ।

रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष सुशान्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष दामोदर भण्डारी, रोट्रयाक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउत लगायतले बोलेका थिए ।

इलेक्ट प्रेसिडेन्ट विशाल श्रेष्ठले स्वागत गरेको कार्यक्रम सञ्चालन श्रीराम गन्धर्वले सञ्चालन गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS