images
images
images

राष्ट्रिय भुमि आयोग तनहुँको सदस्यमा खनाल, कार्की र गुरुङ मनोनीत

images

तनहुँ । राष्ट्रिय भुमि आयोग तनहुँको सदस्यमा ३ जना मनोनीत भएका छन ।

सदस्यमा मनोनीत हुनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य सर्बदा खनाल, नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) तनहुँका सचिव श्रीराम कार्की र जनता समाजवादी पार्टी तनहुँका अध्यक्ष कृष्ण बहादुर गुरुङ रहेका छन ।

भुमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले बुधबार नियुक्ति पत्र उनीहरु लाई पठाइएको हो ।

गत फागुन १६ गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार कार्कीलाई विज्ञ सदस्यको रुपमा मन्त्रालयले नियुक्त गरेको हो । त्यस्तै खनाल र गुरुङलाई सदस्यको रुपमा नियुक्ति गरेको हो । यसअघि नै भुमि आयोग तनहुँको अध्यक्षमा नेपाली काङ्ग्रेसका नेता रामचन्द्र अधिकारी नियुक्त भईसकेका छन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS