बन्दीपुर । तनहुँको बन्दीपुर स्थित टुडीखेलबाट खसेर बुधबार एक जना बालकको ज्यान गएको छ ।
बन्दीपुर-२ हल्थुमका बस्ने टेक बहादुर गुरुङ्गको १७ वर्षिय छोरा कृजन गुरुङ्गको बुधबार साँझ बन्दीपुर स्थित टुडीखेल बाट खस्दा ज्यान गएको हो ।
साँझ खसेको उनको उद्धार गरि उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी छ ।
गुरुङ्ग टुडिखेलमा लगाइएको रेलिङ्ग भत्किएर ३ सय मिटर तल खसेको स्थानियले बताएका छन् ।
उनी भानु मा वि बन्दिपुरमा कक्षा ९ मा अध्ययनरत थिए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।