
तनहुँ । तनहुँको व्यास नगरपालिका ४ मा भएको आगलागीबाट पीडितको लागी आर्थिक सहयोग प्राप्त भएको छ ।
हेम एण्ड माया फाउन्डेसनले रु ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।
उक्त रकम नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले व्यास-४ का वडाअध्यक्ष विश्वराज न्यौपाने लाई हस्तान्तरण गरेका छन ।
हेम थापा र उनको श्रीमती माया थापाले हेम एण्ड माया फाउन्डेसन सस्था संचालन गरि हाल २१ जना असहाय विद्यार्थीको पढाई र बासको व्यवस्था गरिरहेका छन ।
थापा दम्पतीले अन्य धेरै सामाजिक सेवा समेत गरिरहेका छन ।
तेह्रथुम जन्म घर भएका थापा दम्पती हाल अमेरिकामा आफ्नो कर्म थलो बनाई न्युयोर्कमा बसोबास गरिरहेका छन ।