दुबई । देरा दुबईस्थित समुन्द्रको किनारमा अवस्थित होटल काल्टन टावरमा आइतबार नेपाल एसोसिएसनको साधारणसभा सम्पन्न भएको छ ।
नेपाल एसोसिएसन युएईको साधारणसभामा नेपाली पहिरनले चिटिक्क सिंगारिएर आएका कलाकारहरुको टोली, दौरा सुरुवाल अनि भादगाउँले टोपीमा ठाँटिएका नेपाली व्यवसायी र सर्ट, पाइन्ट, कोटमा सजिएका अतिथिहरुको उपस्थितिले होटलको सभाहल रंगिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास युएईकी श्रम काउन्सिलर निर्मला थापा रहेकी थिइन ।
कार्यक्रममा एसोसिएसनका गतिविधिहरुको बारेमा नवराज श्रेष्ठले प्रस्तुती राखेका थिए ।
कोषाध्यक्ष विकास शाहीले आर्थिक प्रतिवेदन वाचन गरेका थिए ।
यस्तै एसोसिएसनमार्फत संचालन भएका राहत वितरण एवम् उद्दारका गतिविधिहरुको बारेमा रुमा अधिकारीले प्रस्तुति राखेकी थिइन्।
मन्तव्यका क्रममा प्रमुख अतिथी निर्मला थापाले नेपाल एसोसिएसनले अप्ठ्यारोमा परेका नेपालीहरुको सहयोगमा खेलेको भुमिका अविस्मरणीय रहेको बताइन्। उनले युएईमा नेपाली समुदायबीच भएको मेलमिलाप र भाइचारको प्रसंसा समेत गरेकी थिइन्।
एसोसिएसनको आगामी नेतृत्वका लागि परेको नोमिनेसनहरु र नयाँ नेतृत्व छनौटको विधिबारे बिओडी राम तामाङले जानकारी गराएका थिए । उनले प्राप्त आकांक्षीहरुको नामावली सार्वजनिक गर्दै अन्तिम निर्णय सिडिएबाट आउने जानकारी दिएका थिए ।
कार्यक्रममा एसोसिएसनका स्वयंसेवक , सहयोगी एवम् दुबई र अबुधाबी च्याप्टरमा रहेका सदस्यहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो। यसैगरी एसोसिएसनको लोगो निर्माण प्रतियोगिताका विजयी दिनेश सुवेदीलाई पुरस्कार प्रदान गरिएको थियो ।