तनहुँ । केशवटार आफन्त समाज यु.के.का सदस्यहरुले मिर्गौला रोगबाट पिडित व्यास–१४ की खुस्बु रानालाई आर्थिक सहयोग गरेका छन् ।
व्यास नगरपालिका वडा नं.–१४का वडा अध्यक्ष काजीमान् श्रेष्ठले सो रकम खुस्बुका श्रीमान् कोम बहादुर थापालाई शनिबार हस्तान्तरण गरेका हुन् ।
बेलायत बस्ने समाजसेवी रुकु आले मगरको अगुवाई संकलन भएको २ लाख १४ हजार ४ सय ८८ रुपयाँ सहयोग रकम हस्तान्तरण भएको व्यास–१४ की करुणा थापाले बताइन् । समाजवमा आवद्व ५९ जनाबाट सो रकम सहयोग संकलन भएको समाजसेवी रुकुआलेले बताए ।
मिर्गौला रोग पिडित खुस्बु राना मगरको हाल काडमाडौँको छाउनीमा उपचार भइररहेको छ । उपचारमा ठुलो धनराशी खर्च हुने र परिवारको आर्थिक अवस्थामा सामान्य रहेको कारण खुस्बुको उपचारमा बिभिन्न संघ संस्थाले सहयोग गर्दै आइरहेको उनको पारिवारिक श्रोतले जनाएको छ ।
उनको मिर्गौला प्रत्यारोेपणका बिभिन्न संघ स्थाबाट थप सहयोगका लागि परिवारले अपिल समेत गरेको छ । हाल सम्म उनको उपचारका लागि करिब १० लाख जति सहयोग संकलन भएको पारिवारीक श्रोतले जनाएको छ । आफ्नो उपचारमा सहयोग गरेकोमा राना परिवारले हार्दिक आभार ब्यक्त गरेको छ ।