damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

प्रथम तनहुँ भलिबल प्रतियोगिता–२०२२ को फाइनल आइतबार हुने

तनहुँ
तनहुँ समाज युएई खेलकुद बिभागको आयोजनामा भएको भलिबल खेलको आइतबार फाइनल खेल हुने भएको छ ।
फाइनल खेलमा तनहुँ सेवा समाज र पर्वत भलिबल क्लवका विचमा प्रतिस्पार्ध हुने तनहुँ समाज युएईका सल्लाहकार अम्मर रानाभाटले बताए । अघिल्लो मार्च ६ बाट जारी खेलमा १६ टिमको सहभागिता रहेको थियो । युएईको अलकुज बलेदिया खेल मैदान १३ मार्चमा स्थानीय समय अनुसार दिउसो २ बजेबाट फाइनल खेल सुरु हुने समाजका प्रमुख संरक्षक दिपक खड्काले बताए ।
प्रतियोगतामा प्रथम हुने टिमले २ हजार ५ सय दिराम नगद ,ट्रफि र प्रमाणपत्र साथै द्वित्तिय हुने टिमले १ हजार २ सय दिराम नगद, ट्रफि र प्रमाण पत्र पुरस्कार प्रदान गर्ने समाजका महासचिव सुरिन भुजेलले बताए । भलिबल प्रतियोगिताको प्रमुख प्रायोजकको रुपमा तनहुँ समाज युएईका खलकुद बिभाग प्रमुख राजु तिमलसेनाले रहेको पनि आयोजकले जनाएका छन् । २०७५ सालमस्थापना भएको तनहुँ सेवासमाज युएईले बिभिन्न खालका कार्यक्रम गर्दै आइरहेको समाजका युवा संयोजक अम्मरराज पन्थीले बताए । संस्थाले बिभिन्न समयमा विदेशमा दुःख पाएका र बिरामी भएका नापलीको उद्दार र राहतमा समेत सहोग गर्दै आइरहेको समाजका अध्यक्ष सुदिप कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala