तनहुँ । जबरजस्ती करणीको जाहेरी दर्ता भएसँगै नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सुरु गरेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले नायक शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको बताए ।
‘जाहेरी दर्ता भएसंगै अनुसन्धान सुरु गरेका छौँ’, उनले भने ।
१७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी थिइन् ।
करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराइसकेकी छन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ ।
यो पनि :














