images
images
images

सडक दुर्घटनामा परी यूएईमा पोखराकी नर्स गुरुङको मृत्यु

images

यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) को रसअलखेमाहमा एक नेपाली नर्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ । विगत तीन वर्ष देखि यूएईको रसअलखेमाहमा कार्यरत पोखराकी जेनिसा गुरुङको मंगलबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

आफ्नै साथीसँग दुबईबाट फर्कने क्रममा गुरुङ चढेको सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर घाइते भएका छन् ।

दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने गुरुङको शव स्थानीय साकार अस्पतालमा राखिएको छ । मृतक गुरुङकी श्रीमान् हाल वैदेशिक रोजगारीकै क्रममा कतारमा कार्यरत रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS