images
images
images

एन्फाको आयोजनामा फागुन ३ देखि हुने तनहुँ जिल्ला लिगको तालिका सार्वजनिक

images

तनहुँ । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन ३ गतेदेखि सुरु हुने तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिताको खेल सार्वजनिक भएको छ ।

सङ्घले आज गोलाप्रथाबाट जिल्ला लिगको तालिका सार्वजनिक गरेको हो ।

(ए) समूहमा बन्दीपुर–४ स्थित अजम्बरी युवा क्लव, आँबुखैरेनीस्थित अकला युवा क्लव, व्यासस्थित हैरान्स क्लव, दोभान युवा क्लव र आँबुखैरेनीस्थित मस्र्याङ्दी युवा क्लव रहेका छन् ।

(बि) समूहमा आँबुखैरेनीस्थित पुलजीप युवा क्लव, भिमादस्थित भिमाद युवा क्लव, शुक्लागण्डकीस्थित खैरेनीटार युवा क्लव, व्यासस्थित नवमित्रता युवा क्लव र आँबुखैरेनीस्थित अलस्टार क्लव रहेको तनहुँ जिल्ला फुटबल सङ्घका उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए ।

युवा क्लव भिमादको सहआयोजनामा हुने खेल भिमाद रङ्गशालामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

एन्फासँग आबद्ध भएका दश वटा क्लवलाई रु १५ हजारका दरले प्रदान गरिने लिग संयोजक एवं एन्फाका महासचिव ज्योति श्रेष्ठले जानकारी दिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS