तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ । मंगलबार सम्पन्न गाउँपालिकाको १०औं गाउँसभामा जिल्लाका क्रियाशिल पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा रेडियो नेपालका तनहुँ संवाददाता तथा तनहुँ उद्घोष दैनिक एवं उद्घोष न्युजका समाचार संयोजक किरण श्रेष्ठसहित खबरपुञ्जका सहसम्पादक विनोद ढुंगाना, इच्छाकामना न्युजका कार्यकारी सम्पादक चित्र सोल्टी गुरुङ, दमौली एक्सप्रेस साप्ताहिकमा कार्यरत सुनिता आचार्य र प्रादेशिक खबर दैनिकमा कार्यरत शिला वाग्ले रहेका छन् ।
पत्रकारिताको माध्यमबाट गाउँपालिकाको प्रबद्र्धनमा योगदान पु¥याएकाले सम्मान गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । बन्दीपुरको पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतमा पत्रकारिताका माध्यमबाट सहयोग पु¥याउने जिल्लाका क्रियाशिल पत्रकारलाई छनोट गरेर सम्मान गरेको उनले बताए ।
आफ्नो कार्यकालको अन्तिम अर्थात १०औं गाउँसभा मंगलबार समापन गरेको बन्दीपुर गाउँपालिकाले पत्रकारसहित विभिन्न व्यक्ति र संघसंस्था, कृषक समुह, दुग्ध उत्पादक शहकारी, किसान, विद्यालय, सहकारी, खानेपानी उपभोक्ता समिति, सडक उपभोक्ता समितिलाई समेत सम्मान गरेको छ ।















