तनहुँ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको आयोजना र एनएमबि बैंक दमाैली शाखाकाे प्रायोजन र प्राविधिक सहयोगमा साेमबार उक्त कार्यक्रम भएको हो ।
सर्कलका कार्यवाहक अध्यक्ष दिनेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्द्घाटन गर्दै प्रमुख अतिथि सर्कलका प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले व्यवस्थापन अध्ययरत विद्यार्थीकाे हकहितका लागि काम गरेमा सर्कललाइ धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त कार्यक्रममा व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे, एनएमबि बैक दमाैली शाखाका शाखा प्रबन्धक नारायण शर्मा, एन एम वि बैक दमाैली शाखाका कर्मचारी सन्तोष पाैडेल, रुविना अधिकारी र झरना श्रेष्ठ, आदिकवि नेपाली सिर्जनशील मञ्चका अध्यक्ष सागर पाण्डे लगायतको सहभागीता रहेको थियो ।
सो कार्यक्रमकाे सञ्चालन सर्कल सचिव सुमन खड्का र स्वागत सर्कल सदस्य मिलन तमाङले गरेका थिए ।
















