damuli hospatail

२४ मंसिर २०८०, आईतवार

पत्रकार महासंघका केन्द्रिय सदस्य काफ्ले र महासंघ तनहुँका अध्यक्ष पौडेल तनहुँ समाज युएईद्वारा दुबईमा सम्मानित

तनहुँ । तनहुँ समाज युएईले सोमबार दुबईमा तनहुँका दुई पत्रकारलाई सम्मान गरेको छ । समाजले नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्ले र नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट सकारात्मक परिवर्तनका लागि समाजमा उल्लेखनीय भूमिका खेलेर सामाजिक रुपान्तरणमा योगदान पुर्याएको पत्रकार द्वय काफ्ले र पौडेललाई सम्मान गरेको तनहुँ समाज युएईका अध्यक्ष सुदिप कार्की बताए ।

छाेटाे समयका लागि दुवई भ्रमणमा रहेका केन्द्रीय सदस्य काफ्ले र महासंघ तनहुँ शाखाका अध्यक्ष पौडेलले सम्मानले अझै पत्रकारीताकाे माध्यमबाट समाज रुपान्तरणमा लाग्ने थप प्रेरणा मिलेको बताएका छन् ।

कार्यक्रम संयाेजन तनहुँ समाज युएईका अध्यक्ष सुदिप कार्की, समाजका संरक्षक दिपक खड्का, प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठ, सल्लाहकार बसन्त रिमाल, सल्लाहकार अम्मर रानाभाट, युवा संयाेजक अम्मरराज पन्थी, महासचिव सुरिन भुजेल लगाएतले गरेका थिए ।

तनहुँ सेवा समाज युएईले गर्दै आएको विभिन्न कार्यक्रमलाई थप पारदर्शी र संदेशमुलक बनाउन आगामी दिनमा पत्रकार महासघ तनहुँ सँग समन्वय गरि अघि बढ्ने समेत समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala