images
images
images

विधान र कृष्णको जोडीले जित्यो सरस व्याडमिन्टनको उपाधि

images

तनहुँ । तनहुँको दमौलीमा सम्पन्न प्रथम सरस व्याडमिन्टन प्रतियोगिताको उपाधि चितवनका विधान गुरुङ र कृष्ण सापकोटाको जोडीले जितेको छ।

शनिबार सम्पन्न बि लेभलतर्फको प्रतियोगितामा चितवन व्याडमिन्टन क्लवका उनीहरुले उपाधि जितेका हुन् ।

व्यास-२ स्थित सरस स्पोर्टस हाउसले आयोजना गरेको प्रतियोगितामा धादिङका राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडी द्वितीय भएको छ ।

चाउथे व्याडमिन्टन क्लवका सरोज गुरुङ र इसान खड्का तथा रेशम आले र विशन गुरुङ सान्त्वना भएका छन् ।

उनीहरुले क्रमश: ३० हजार, २० हजार र ५/५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । बि लेभलतर्फ ३० समूहको सहभागिता थियो ।

सि लेभलतर्फ चितवनका प्रकाश सन्ज्याल र सुन्दर प्रधानको जोडी प्रथम, तनहुँ ऋषिङका इश्वर आले र सन्तोष थापा द्वितीय भएका छन् । यस्तै तनहुँका विपीन घले र सुरज श्रेष्ठ तथा सागर थापा र सिरबहीदुर आले सान्त्वना भएका छन् ।
उनीहरुले क्रमश: २० हजार, १० हजार र २५/२५ सय नगद प्राप्त गरेका छन् ।

बि लेभलतर्फ २० समूहको सहभागिता थियो । विजयीहरुलाई व्यास व्याडमिन्टन क्लवका अध्यक्ष जीवन गुरुङले पुरस्कार वितरण गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS