दोहा, कतार । नेपाली जनप्रगतिशील मञ्च कतारको राष्ट्रिय समितिले पूर्णता पाएको छ । पाचौं अधिवेशनपछि शुक्रबार बसेको राष्ट्रिय समितिको पहिलो बैठकले राष्ट्रिय समितिलाई पूर्णता दिएको हो ।
बैठकमा नेपाली जनप्रगतिशील मञ्चका पश्चिम एशिया अध्यक्ष शनि कुमार वलीले नवनिर्वाचित समितीलाई बधाई दिदै माओवादी आन्दोलनले प्राप्त गरेको उपलब्धि रक्षाको लागि निर्णायक मोड आएको भन्दै सबै जना आफ्नो तर्फबाट प्रतिबद्ध भएर लाग्न निर्देशन दिए । उनले माओवादीको नेतृत्वमा दलित, महिला, जनजाति, मधेसी तथा उत्पीडित समुदायले प्राप्त गरेका अधिकार खोस्न केही प्रतिगामी शक्ति लागिपरेको भन्दै त्यसका विरुद्ध डटेर लडनुपर्ने बताए ।
साथै उनले नवनिर्वाचित समितीले संगठनको मर्यादामा रहेर मजदुर मुखी काम गर्नुपर्ने बताए ।
मञ्चको राष्ट्रिय समिति १५ पदाधिकारी सहित ७७ सदस्यीय रहनेछ । बैठकले दैनिक कामहरुलाइ सहज गर्न २५ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ ।
अध्यक्षमा बुद्धि प्रसाद भन्डारी, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र देवकोटा, उपाध्यक्षमा उत्तम गुरूङ, महम्मद सद्दाम हुशेन, कृष्ण परिवार, दुर्गानन्द पासवान, महासचिवमा महमुद कार्की, सचिवमा नवाज शेष परवेज, उत्तर बहादुर रोका, दिपक भट्टराई, आशिक हुशेन, कोषाध्यक्षमा दिल राम गुरुङ्ग, सह कोषाध्यक्षमा सुनिल चौधरी चयन भएका छन् ।
यस्तै युवा संयोजकमा नेत्र आचार्य, महिला संयोजकमा अम्बिका गौतम शर्मा चयन भएका छन् । सदस्हरु मा ओम बहादुर अधिकारी, तिलकराम भुसाल, टोपलाल जैसी, बिमल न्यौपाने, सोम नाथ कंडेल, सुष्मिता पाठक, बसिर नदवि, सुरेन्द्र देवकोटा, मोहमद सबिर आलम, जिब्रिल अन्सारी चयन भएका छन् ।
बैठकले मञ्चका पुर्वअध्यक्ष रमेश भट्ट सल्लाहकार प्रमुख रहने गरि सल्लाहकार समिती चयन गरेको छ । समितिमा राजु डुम्रे, टिकाराम भण्डारी, दुर्गा प्याकुरेल, दिपक लामिछाने, सरिता भण्डारी पौडेल, कुमार खड्का, मोहमद आयुव हक, महेश दाहाल, धुते बुढा (बिजय बुढा), सुरज (गंगा) बि.क., दिल भट्टराई, रबिन मगर, सन्तोष क्षेत्री, नानु घले, सेवक बिक घताने, अब्दुल खालिद शेख, नवराज सिम्खडा, अमित गौतम, राजेन्द्र स्याङख्याम लिम्बू, पवन शर्मा, लक्ष्मण कँडेल, सोम परियार, नौशाद अहमद, इस्माईल पन्त, डिल्लीराम अधिकारी चयन भएका छन् ।
साथै बैठकले विभिन्न विभाग गठन गरि विभागिय जिम्मेवारी निम्न अनुसार तोकेको छ । बैठकले प्रशिक्षण विभागको संयोजकमा बुद्धि प्रसाद भण्डारी, संगठन विभागको संयोजकमा महमुद कार्की, संघ संस्था समन्वय विभागको संयोजकमा राजेन्द्र देवकोटा, उद्योग तथा व्यवसायी विभागको संयोजकमा उत्तम गुरुङ, अतिरिक्त्त खेलकुद विभागको संयोजकमा मोहमद सद्दाम हुसेन, सांस्कृतिक विभागको संयोजकमा कृष्ण परियार, आर्थिक विभागको संयोजकमा दिल राम गुरुङ, सूचना तथा प्रविधि विभागको संयोजकमा नवाज शेख परवेज, प्रचार प्रसार विभागको संयोजकमा आसिक शेख, सुरक्षा तथा जनचेतना विभागको संयोजकमा बसिर नदवि, सहिद तथा बेपत्ता परिवार विभागको संयोजकमा दिपक भट्टराई, सुरक्षित आप्रवासन तथा श्रमिक विभागको संयोजकमा दुर्गानन्द पासवान चयन भएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च कतार राष्ट्रिय समितिका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको अध्यक्षता सम्पन्न बैठकको सन्चालन महासचिव माहमुद कार्कीले गरेका छन् ।