images
images
images

मूल्य वृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने

images

काठमाडौं । इन्धनको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै ६ विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने भएको छ ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न नदिइने बताए ।

शुक्रबार बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न नदिइने उनको भनाइ थियो ।

कार्यक्रममा सत्तारुढ दल सम्बद्ध समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह लगायतले इन्धनको मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

इन्धनको मूल्य वृद्धिको विरोधमा आन्दोलित विद्यार्थीहरुले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल आयल निगमले १२ दिनको अन्तरालमा इन्धनको मूल्य वृद्धि गरेको भन्दै उनीहरुले मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै मूल्य वृद्धिको विरोधमा चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिण्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो व्यानर राखी विरोध प्रदर्शन गर्ने र मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस कार्यक्रम आयोजना गर्ने ६ विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS