images
images

मिडियाले सरकार परिवर्तन भएको अनुभूति गर्न पाएन : विपुल पोखरेल

images

पोखरा । नेपाल पत्रकार महासंघका केन्द्र अध्यक्ष विपुल पोखरेलले सरकार परिवर्तन भएको अनुभूति मिडियाले गर्न नपाएको बताएका छन् । मंगलबार गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापालाई भेट्दै पोखरेलले प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयक अघिल्लो सरकारको निरन्तरता भएको बताए ।

‘अघिल्लो सरकारले मिडिया विधेयक ल्याउन लाग्दा महासंघले ज्ञापन पत्रसहित सच्याउन आग्रह गरेको थियो, चरणबद्ध रूपमा विभिन्न छलफल भएता पनि कार्यान्वयन भएन, मिडिया विधेयक रोकियो,उनले भने,‘त्यही विधेयकलाई जस्ताको त्यस्तै पारित गरेर अहिलेको सरकारले ल्याउन खोजेको छ । यसमा हाम्रो आपत्ति छ, सरकार परिवर्तन भएको अनुभूति मिडियाले गर्न पाएन ।’

पोखरेलले लोकतान्त्रिक मूल्यमान्यता विपरीत आएको मिडिया विधेयक पत्रकारका लागि मान्य नहुने बताए । प्रेस स्वतन्त्रताको विश्वव्यापी अभ्यासमा आधारित मिडिया विधेयक आउनुपर्ने धारणा उनको थियो । अध्यक्ष सहित सरोकारवालाहरूको भेटका क्रममा मिडिया विधेयकलाई प्रेस मैत्री बनाउन मन्त्री विन्दुकुमार थापा र विधायन समितिका सभापति विष्णु प्रसाद लामिछाने सकारात्मक देखिएका छन् ।

नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष विकास राज न्यौपाने, पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र प्रदीप काफ्ले, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, कास्कीका अध्यक्ष विमला भण्डारी, न्यूनतम पारिश्रमिक समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली लगायतको टोलीले मन्त्रीलाई भेटेर मिडिया विधेयकलाई प्रेस मैत्री बनाउन आग्रह गरेको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS