images
images
images

दमौलीमा नेकपा एकीकृत समाजवादीको जिल्ला भेला, रामकुमारी झाक्रीदेखि किसान श्रेष्ठले सम्बोधन गर्ने

images

तनहुँ । नेकपा एकीकृत समाजवादी तनहुँले जिल्लास्तरीय सभा आयोजना गर्ने भएको छ । पार्टी दर्ता भएपछि पहिलो पटक नेकपा एकीकृत समाजवादीले तनहुँमा सभा गर्न लागेको हो ।

नेकपा एमालेबाट छुटिएर बनेको नेकपा एकीकृत समाजवादीले तनहुँमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

असोज २३ गते शनिबार सभा गर्न लागिएको जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए । उक्त सभालाई नेकपा एसका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी इन्चार्ज केशवलाल श्रेष्ठ, केन्द्रीय सचिव रामकुमारी झाक्री, गण्डकी अध्यक्ष तुलबहादुर गुरुङ, सचिव प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य कलिला खान लगायतले सम्बोधन गर्ने भएका छन् ।

यस्तै केन्द्रीय नेताहरु चित्र थापा, विद्या ढकाल, रेखा बस्याललगायतको गृहजिल्ला तनहुँमा पार्टीमा नेता कार्यकर्ता प्रवेशससहित वृहत कार्यक्रम गर्ने तयारी पार्टीको छ ।

दशैको अवसर पारेर दमौली स्थित मनकामना हलमा उक्त सभा हुने भएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS