images
images

हालान्डको दुई गोलमा सिटीको जित, दोस्रो स्थानमा उक्लियो

images

१७ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा एएफसी बर्नमाउथलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नमाउथमाथि ३- को जित निकालेको हो । हालान्डले २ गोल गर्दा निको ओरिलीले १ गोल गरे । बर्नमाउथका टाइलर एडम्सले एक गोल गरे ।

हालान्डले १७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । एडम्सले २५औं मिनेटमा बराबरी गोल गरे । ३३औं मिनेटमा हालान्डले पुनस् गोल गर्दै अग्रतामा ल्याए ।

६०औं मिनेटमा ओरिलीले गोल गरेपछि सिटी ३-१ ले विजयी भयो ।

जितपछि सिटी १० खेलमा १९ अंक जोडेर दोस्रोमा उक्लिएको हो । १८अंकमै सीमित बर्नमाउथ चौथोमा झर्‍यो । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS