images
images

प्रधानमन्त्री र गृहमन्त्री बुढो बोका हुन्, दाइँ गर्न सक्दैनन्– महेश बस्नेत

images

पोखरा । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल गैरराजनीतिक भएकोले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् ।

पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बस्नेतले राजनीतिक दृष्टिकोणबाट हेर्दा प्रधानमन्त्री र गृहमन्त्री ुबुढा बोकाु भएको आरोप लगाए ।

‘जतिसुकै बुढो भए पनि दाइँ गर्न गोरु नै चाहिन्छ । भर्खरको कलिलो युवा भनेर बोकाले दाइँ गरेर हुन्छ ?,’ उनले भने, ‘राजनीतिक दृष्टिहरूबाट हेर्ने हो भने सुशीला कार्की र ओमप्रकाश अर्याल भनेको बोका हुन् । योङ बोका पनि होइन, बुढा बोका हुन् ।’

बस्नेतले जेनजी आन्दोलनका नाममा ठुला षड्यन्त्रहरू भएका र त्यसको पछि साम्राज्यवादी शक्तिहरूको हात रहेको आरोप लगाए ।

उनले देशव्यापी रूपमा ‘डिस्कर्ड’ लगायतका सोसल मिडिया नेटवर्कहरूको दुरुपयोग गरेर सरकारी कार्यालय र निजी घरहरूमाथि आक्रमण भएको आरोप लगाए । ‘हामीले फेरि पनि राज्यलाई भन्छौँ, दोषीमाथि कारबाही गर । सरकारी र निजी सम्पत्तिमा क्षति भएको क्षतिपूर्ति देऊ,’ उनले भने ।

बस्नेतले आन्दोलनका क्रममा घातक हतियार प्रयोग भएको पनि बताए ।

फरक प्रसंगमा उनले संसद् पुनःस्थापना अपरिहार्य भएको बताएका छन् । ‘दलहरूको अस्तित्व अस्वीकार गरेर विदेशी दलालको एजेन्ट बनेर बालेनजीहरूले गरेको षड्यन्त्रका साथ यो संसद् विघटन भएको छ,’ उनी भन्छन्, ‘त्यही भएर यसलाई पुनर्स्थापना गर्नुपर्छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन सके एमाले पनि निर्वाचनमा भने भाग लिने उनको तर्क छ । ‘हामी लोकतान्त्रिक दल स्वाभाविक ढङ्गले निर्वाचनमा भाग लिन्छौँ । तर आजसम्म निर्वाचनमा भाग लिने वातावरण राज्यले किन बनाइराखेको छैन ?,’ उनले प्रश्न गर्दै भने, ‘वातावरण बन्छ भने हामी पनि सहभागी हुन्छौँ । तर फागुन २१ मा निर्वाचन हुने सम्भावना छैन ।’

पार्टीको नेतृत्वमा भने अझै केपी ओलीको विकल्प खोज्ने बेला भइनसकेको पनि उनको भनाइ थियो । ‘कम्युनिस्ट पार्टीभित्र नेतृत्व परिवर्तन हुन कि सम्बन्धित नेताले मैले छोडेँ अब त्यसको विकल्प जाऊ भन्न पर्‍यो, कि महाधिवेशनमा चुनौती दिनुपर्छ । गीत गाएर रोएर प्रेस मिट गरेर नेता बन्न पाइँदैन,’ उनले भने, ‘आजको परिवेशमा केपी ओली नै यो पार्टीको अध्यक्ष हो ।’ – रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS