images
images

मणिपालको नर्स आन्दोलन जिएमसी र क्षेत्रीय अस्पतालमा पनि

images

पोखरा । मणिपाल शिक्षण अस्पतालका नर्सहरुले सुरु गरेको उचित पारिश्रमिक प्राप्तिको आन्दोलन कास्कीका अन्य अस्पतालमा पनि विस्तार भएको छ ।

नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका नर्सहरु पनि पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा होमिएका छन् । मणिपालमा पछिल्लो ५ दिनदेखि नर्सहरु आन्दोलित छन् । सोमबार साँझदेखि जिएमसीमा पनि आन्दोलन सुरु भएको नर्सहरुले बताएका छन् ।

पारिश्रमिक बृद्धीको माग गर्दै नर्सहरुले अस्पताल प्रशासनसँग अनुरोध गरेपनि पूर्ण रुपमा माग पूरा गर्न नसकिने जवाफ पाएपछि उनीहरु आन्दोलित बनेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुले पनि सोमबार कालोपट्टी बाँधेर विरोध जनाए । जिएमसीका नर्सहरुले साँझ एक घण्टा प्लेकार्डसहित अस्पतालको प्रयोगशालाअघि नाराबाजी गरे ।

मंगलबार पनि आन्दोलन निरन्तर हुने उनीहरुको भनाइ छ । नर्सहरुले ‘श्रम शोषण बन्द गर, नेपाल सरकार न्याय दे, हामी मेसिन होइनौं, नो नर्स, नो हेल्थ केयरु जस्ता नारा लगाएका थिए । नर्सहरुको आन्दोलनले पोखराको स्वास्थ्य सेवा प्रभावित बनेको छ । मणिपालमा ६ सय भन्दा बढी र जिएमसीमा साढे ३ सय नर्स कार्यरत छन् ।
०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही परिपत्र र निर्णय कार्यान्वयन हुनुपर्ने माग नर्सहरुको छ । पोखरामा भएको नर्सको आन्दोलनलाई अगुवा नर्स र विभिन्न संघ संस्थाहरुले पनि समर्थन जनाएका छन् । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS